गृहमन्त्री लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

admin

काठमाडौं, ६ चैत । नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले सहकारी प्रकरणमा लामिछानेका बिरुद्ध कुनै प्रमाण नदेखिएको जवाफ दिएपछि कांग्रेसले लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको हो ।

प्रधानमन्त्रीको प्रश्नोत्तरलगतै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस मुख्य सचेतक रमेश लेखकलाई बोल्न समय दिनुभएको थियो । लेखकले लामिछानेका बिरुद्ध प्रयाप्त प्रमाण रहेको भन्दै प्रधानमन्त्रीले नै प्रमाण नभएको बताउनु आश्चर्यजनक भएको बताउनुभयो ।

प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको अवस्थामा अब कसरी निष्पक्ष छानबिन होला ? भन्दै उहाले प्रश्न गर्नुभयो । पीडितले भनेका कुरा, पोखरा महानगरपालिकाले बनाएको प्रतिवेदन प्रमाणमा रुपमा रहेको भन्दै त्यसलाई वेवास्ता गर्न नमिल्ने उहाको भनाइ छ । लेखकले सदनभित्रैबाट छानविन समिति गठन गरेर प्रमाणका बारेमा अध्ययन गर्न चूनौति दिनुभयो ।

उहाले आफुहरु संसद अवरुद्ध गरेर कामकारवाहीलाई अवरोध गर्ने पक्षमा नरहेको भन्दै कांग्रेसले उठाएका बिषयमा सरकार गम्भीर नहुँदा आगामी दिनमा सदन अवरुद्ध भए सरकारले संसद अवरुद्ध गरेको मानिने तर्क गर्नुभयो ।

प्रतिक्रिया