माओवादीसँंग नेसपा एकता भएको गलत प्रचार गरियो : डा. बाबुराम भट्टराई

admin

काठमाडौं, ७ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसंग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केहि मान्छेहरु माओवादीमा गएको बिषयलाई पुरै पार्टी नै माओवादीसंग एकता भएको भन्दै गलत प्रचार गरिएको बताउनुभएको हो ।

राजनीतिक यात्रामा केहि व्यक्तिहरु अर्को पार्टीमा जानु स्वभाविक भएपनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थीतिमा केहि व्यक्तिहरु माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी माओवादीमा मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उहाले बताउनुभयो ।

भट्टराईले माओवादीसंग सहकार्य गर्ने कुरा मात्रै भएको र सो पार्टीसंग पूर्णरुपमा मर्ज हुने कुरा कहिल्यै नभएको दावी गर्नुभयो । अहिले आफुहरुसंग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उहाले बताउनुभयो । त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाले मुलुकलाई स्थीरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापीतका लागि निरन्तर आवाज उठाउने बताउनुभयो ।

प्रतिक्रिया