आगामी बजेटमा कृषि बिमालाई प्राथमिकतामा राख्ने छु : कृषिमन्त्री साह

admin

काठमाडौं, १२ चैत । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले आगामी बजेटमा कृषि बिमालाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।


सोमबार सिंहदरबारमा आयोजित आगामी आर्थिक बर्षको वजेट तथा कार्यक्रम सम्बन्धमा सांसदहरुसंगको छलफल कार्यक्रममा मन्त्री साहले कृषि, पशुपन्छी बीमाको क्षेत्रलाई विस्तार एवम् प्रवर्द्धन गर्ने गरि आगामी बजेटमा प्राथमिकतामा राखिने बताउनुभएको हो ।

उहाले कृषि बिमा प्रभावकारी नहुदा बर्षेनी हजारौ किसानहरु समस्या पर्ने गरेकाले मन्त्रालय यस बिषयमा गम्भीर रहेको जिकिर गर्नुभयो । मन्त्री साहले किसानहरुको पहिचान गर्ने, जमिनहरुको वर्गीकरण गर्ने काममा ध्यान केन्द्रीत गरेको भन्दै २०८१–८२ भित्र किसान परिचय पत्र दिने गरि तयारी भइरहेको बताउनुभयो । त्यस्तै उहाले सुन्तलालाई राष्ट्रिय फलफूलको रुपमा घोषणा गर्ने गरि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने पनि जानकारी दिनुभयो ।

मन्त्री साहले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आवश्यता अनुसारको बजेट नभएकाले बितरणमा समस्या देखिने गरेको बताउनुभयो ।

प्रतिक्रिया