अहिले बामपन्थी एकता हुन सक्दैन : केपी ओली

admin

काठमाडौं, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बामपन्थी एकता हुन नसक्ने बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको दोश्रो पूर्ण बैठकमा ओलीले अहिले पार्टीलाई बलियो बनाउदै लैजानुपर्ने भन्दै बामपन्थी एकता हुन नसक्ने बताउनुभएको हो ।

आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टी एकतावद्ध गरेको स्मरण गर्दै केहि मान्छेलाई सह्य नभएर त्यसलाई परित्याग गरेको उहाले बताउनुभयो ।

ओलीले कम्युनिष्ट एकता अपच भएकै कारण केहि व्यक्तिले पार्टीलाई समेत फुटाएको धारणा राख्नुभयो ।

एमालेलाई मजबुद बनाउनुपर्ने अवस्थामा कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न नसकिने उहाले बताउनुभयो । त्यस्तै ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र अराजक गतिविधि नगर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

 

प्रतिक्रिया