कानून कार्यान्वयनको अभावमा मानवअधिकार उलंघनको घटना रोक्न सकिएन: प्रदीप पौडेल

admin

काठमाडौं, १४ चैत। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कानून कार्यान्वयनको अभावमा मानवअधिकार उलंघनको घटना रोक्न नसकिएको बताउनुभएको छ ।

हव ब्रोडकास्टिङले बुधबार काठमाडौंमा आयोजना गरेको न्यायका लागि बहस कार्यक्रममा नेता पौडेलले कानूनले मानवअधिकारको प्रत्याभूति गरेको भएपनि अभ्यासमा कानून कार्यान्वयन हुन नसकेकाले मानवअधिकार उलंघनको घटना रोक्न नसकेको बताउनुभएको हो ।

उहाले नागरिकले मानवअधिकारको सवै सिद्धान्तहरु प्रयोग गर्न नपाएको जिकिर गर्नुभयो । अन्तराष्ट्रिय सम्धी सम्झौतामा हस्ताक्षर गरेपनि कार्यान्वयन नहुने अवस्थाको निरन्तर अनुगमन गर्नुपर्ने अवस्था देखिएको उहाले बताउनुभयो ।

उहाले नेपालका दलहरुको मूख्य बिषय सत्ता प्राप्तीमात्रै भएकाले सत्ताका लागि सवै दर्शन र मान्यता छोड्न पनि तयार हुने देखिएको धारणा राख्नुभयो । उहाले नेपालमा नागरिक आन्दोलन समेत कमजोर भएकाले दिनहुँ मानवअधिकार उलंघनका घटनाहरु हुने गरेको देखिएको बताउनुभयो ।

प्रतिक्रिया