एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी

admin

काठमाडौं, १५ चैत । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी परेको जनाएको छ ।

पछिल्लो एक बर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलव्धीहरुका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले १ बर्षको अवधिमा ५९ हजार भन्दा धेरै उजुरी परेको जानकारी दिनुभएको हो ।

सवैभन्दा धेरै काठमाडौं उपत्यकामा १७ हजार ३ सय ९७ मुद्दा र सवै भन्दा कम कर्णाली प्रदेशमा १ हजार ९ सय ६५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

दर्ता भएका उजुरीमध्ये सवै भन्दा बढि बैंकिङ कसुर मुद्दामा १३ हजार २ सय ७७ उजुरी दर्ता भएको प्रवक्ता ढकालले बताउनुभयो । सोही अवधिमा १३ हजार १ सय २२ जना फरार अपराधीहरुलाई नियन्त्रणमा लिइ सजायको लागि सम्बन्धीत अदालतमा पेश गरिएको उहाले जानकारी दिनुभयो ।

त्यस्तै नेपालमा अपराध गरि विदेश गई लुकेका १३ जना फरार अपराधीहरुलाई इन्टरपोलमार्फत पक्राउ गरि नेपाल ल्याइएको र १२ जनालाई रेडकर्नर नोटिस र एक जनालाइ डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै राजस्व संकलनतर्फ ६ अर्व ६३ करोड ३९ लाख ३२ हजार १ सय ७८ रुपैया जम्मा भएको प्रहरी प्रवक्ता ढकालले बताउनुभयो । नेपाल प्रहरीमा हाल ७९ हजार ५ सय ४१ मध्ये ७६ हजार २ सय ५२ जनशक्ति कार्यरत रहेका छन् ।

प्रतिक्रिया