गलत कार्य गर्नेलाई कारबाही गर्न कडा रूपमा निर्देशन दिएको छु : गृहमन्त्री लामिछाने

admin

काठमाडौं, १८ चैत । गृहमन्त्री तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएको बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंगको छलफलका क्रममा लामिछानेले समाजमा हुने अपराधिक क्रियाकलापलाई नियन्त्रणमा राख्न गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएको बताउनुभएको हो । उहाले लागू औषध नियन्त्रण गर्न देशभरमा नै संयुक्त अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा साम्पाङले बिभिन्न बिषयमा सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

 

प्रतिक्रिया