काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले बैंशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गदै पन्तले उपनिर्वाचनमा बारेमा माओवादीसंग छलफल भइरहेको भन्दै एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो । यसअघि पनि इलाममा एमालेले निरन्तर जितेको र यसपटक पनि सम्भावना भएका व्यक्तिलाई उम्मेदवार बनाएको उहाले बताउनुभयो ।
पन्तले अहिलको सहयात्रालाई बलियो बनाउन पनि माओवादीले समर्थन गर्ने भन्दै त्यसो हुन नसके एक्लै चुनाव लड्ने र जित्ने दावी गर्नुभयो ।
एमालेले पहिचानका नाममा राष्ट्रिय एकता कमजोर बनाउने काम नगर्ने उहाले बताउनुभयो । त्यस्तै पन्तले गृहमन्त्रीविरुद्ध छानविनका लागि कांग्रेसले माग गरेको संसदीय समिति गठनको मागप्रति पुर्नबिचार गर्ने बताउनुभयो ।
सदनमा कुनै बिषयको उठान गरेपछि टुङ्गो लगाउनुपर्ने दायित्व सोहि दलकै रहेको भन्दै अहिले कांग्रेसलाई संसदीय छानविन समितिको बिषयलाई छाड्न कठिन भएको तर्क गर्नुभयो । उहाले अहिलेको अवस्थामा संसदीय छानविन समिति गठन हुन सक्ने नदेखिएको धारणा राख्नुभयो ।