गायक राजेशपायल राई पक्राउ

admin

काठमाडौं । गायक राजेशपायल राई पक्राउ परेका छन्। मदिरा पिएर होहल्ला गरेपछि राईसहित तीन जना कलाकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गए राति २ बजे काठमाडौंको मदन भण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

गायक राई सहितको समूहले मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया