कांग्रेस पार्टीलाई विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्छ : महामन्त्री थापा

admin

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई बिचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले महासमितिबाट केहि बिषयमा पार्टीभित्र शुद्धिकरण सुरु भइसकेको भन्दै आगामी बर्ष पार्टीलाई पूर्णरुपमा बिचार र व्यवहारमै शुद्धिकरण गर्नुपर्ने बताउनुभएको हो ।

उहाले संगठनलाई सुदृढ बनाउदै समयमा नै अधिवेशन गर्नुपर्ने र पुराना नेताहरुलाइ सम्मानका साथ विदाई गर्नुपर्ने धारणा राख्नुभयो । उहाले अरु जस्तै हुने कोशीस गर्दागर्दै पार्टीले आफ्नो मौलिकता गुमाएको भन्दै यसमा नेतृत्वले बिशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

थापाले कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण अपराधी बनाइनु गलत भए पनि अपराध गरेर कांग्रेस भएकै कारण जोगिनुपर्छ भन्ने कुरामा कांग्रेसले अडान लिनुपर्ने बताउनुभयो

उहाले यसअघि दुई पटक बहुमत पाउदा कांग्रेसले पार्टी जोगाउन नसकेको भन्दै ८४ मा बहुमत पाए पार्टी कसरी अघि बढ्न भन्ने कुरा जनतामा स्पष्ट पार्नसक्नुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया