सांसदहरू लोकतन्त्रका आत्मा हुन् :अग्निप्रसाद सापकोटा

admin

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रुपान्तरणका लागि आन्दोलनको रुपान्तरण र शुद्धीकरण जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौमा आयोजित तिलक शर्मा हिमालद्वारा लिखित संस्करण–सङ्ग्रह ‘वन्द पर्खाल’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले सो कुरा बताउनुभएको हो । सापकोटाले रुपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै अहिलेको मुख्य कार्यभार भनेको वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाँले विचारको शून्यताले गर्दा देश पूरै अराजकतातिर गइरहेको भन्दै सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरु नै लोकतन्त्रका आत्मा भएको धारणा राख्नुभयो । उहाँले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो असाधारण युद्धमा सामेल भएकाहरु एकजुट हुन सके कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । उहाँले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नु पर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष सापकोटाले नेपालको कषि, जलविद्युत र प्रविधिमा आधुनिकिकरण गरी उद्योग धन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाँले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यही अनुसार तयारी गर्नुपर्ने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया