पार्टीलाई बलियो बनाउन सबै एक जुट हौँ :​ सभापति देउवा

admin

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उहाँले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी रहेको उहाको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया