जनप्रदर्शन रोक्ने प्रयास नगर्न राप्रपाको सरकारलाई चेतावनी

admin

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागीता हुने दावी गरेको छ ।

जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पुरा भएको र ५० हजारभन्दा बढीको सहभागीता हुने दावी गर्नुभएको हो ।

उहाले आफुहरुको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । आफुहरुको प्रदर्शनलाइ रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले त्यसको प्रतिकार गर्ने उहाले बताउनुभयो । पछिल्लो दिनमा विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गर्न निषेधाज्ञा जारी गर्ने, लाठिचार्ज गर्ने काम भएको भन्दै उहाले निन्दा र भत्र्सना गर्नुभयो ।

उहाले भृकुटिमण्डबाट सुरु हुने जनप्रदर्शनले शहरका बिभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने जिकिर गर्नुभयो । अध्यक्ष लिङ्देनले आफुहरुको एजेण्डमा सहमत जनाउनेहरुलाई पनि प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभयो ।

राप्रपाले बिभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगाएतका रहेका छन् ।

प्रतिक्रिया