राजेन्द्र लिङ्देनको टिप्पणी : राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो

admin

काठमाडौं, २९ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिक पछिल्लो दिनमा विकृत जस्तो भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा लिङदेनले राजनीतिलाई व्यवसाय बनाउने र पैसा कमाउने माध्यमको रुपमा बुझ्दा विकृत जस्तो भएको बताउनुभएको हो ।

उहाले राजनीति भन्ने बित्तिकै ओढ्ने ओछ्याउने व्यवसाय , छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको र राजनीति गर्ने मान्छेसंग डराउने अवस्था आएको धारणा राख्नुभयो । उहाले राजनीतिक लेखपढले मात्रै नहुने उल्लेख गर्नुभयो ।

राजनीतिलाई पेशा नभई सेवाको रुपमा अवलम्वन गर्ने अग्रजहरुप्रति सम्मान रहेको उहाले बताउनुभयो । कार्यक्रममा लिङदेनले बरिष्ठ समाजसेवी, राजनीतिक तथा सामाजिक व्यक्तित्व गंगादेवी थपलियाको जीवनयात्रा पुरस्क लोकार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया