आज २०८१ साल वैशाख ४ गते मंगलबारको राशिफल हेर्नुहोस्

admin

मेष : खर्च बढ्नेछ। साथीभाइबाट असहयोग हुने दिन छ। चोटपटकको भय भएकाले सचेत भएर काम गर्नुपर्ने छ। भूमि सम्बन्धी हुने कारोबारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। परिवारको माया र साथ प्राप्त हुनेछ।

वृष : सफल यात्राको योग रहेको छ। आर्थिक क्षेत्र सबल बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पराक्रम बढ्ने दिन छ।

मिथुन : अधिकार प्राप्तिको लडाइँमा सफलता मिल्नेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय साथीसँग बित्नेछ। शिक्षा क्षेत्रमा प्राप्त नतिजाले हौसला बढाउने छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यवसायतर्फको आदर्श व्यक्तिसँग भेट हुनेछ।

सिंह : मनमा डर सिर्जना हुनेछ। परिवारका सदस्यको नमिठो बोली सुन्नुपर्ने जोखिम रहेको छ। काम गर्दा र बोल्दा सोच्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्या : सरकारी जागिरे भए बढुवा हुनेछ। मान र प्रतिष्ठा बढ्नेछ। यात्राको योग रहेको छ। साथीहरुसँग रमाइलोका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आफ्नो काम देखेर रमाउने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। पुरानो साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध प्रगाढ बन्छ। विपरित लिंगी साथीको सहयोग विशेष हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। धन आर्जनको नयाँ स्रोत पत्ता लाग्ने दिन हो। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। व्यवहारमा खटपट भए बोलीको माध्यमबाट प्रभावित पार्नुपर्नेछ।

धनु : आफन्तले दिएको सुझाव गलत लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्नेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

मकर : लामो समयदेखि रोकिएको सम्पत्ति फिर्ता हुनेछ। नयाँनयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विरोधी शान्त हुने दिन छ। परिवारभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ।

कुम्भ : रमाइलो यात्राको योग रहेको छ। अचानक ठुलो उपलब्धि प्राप्त हुनसक्छ। परिवारमा मेलमिलाप रहनेछ। तपाईंले गरेको राम्रो कामको चर्चा हुनेछ।

मीन : आर्थिक कारोबारमा फाइदा हुनेछ। नसोचेको ठाउँबाट रोकिएको धन हात लाग्नेछ। आर्थिक र सामाजिक क्षेत्र अब्बल रहने योग छ। मनोरञ्जनतर्फ मन जानेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

प्रतिक्रिया