इलाम-२ उपनिर्वाचनः नेकपा एमालेका सुहाङ विजयी

admin

काठमाडौं, १८ बैशाख । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया