एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने

admin

काठमाडौँ, १८ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले आगामी १०औं महाधिवेशनका लागि आर्थिक सहयोगार्थ क्यूआरकोर्ड सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठकले आर्थिक सहयोगार्थ क्यूआरकोर्ड सार्वजनिक गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले क्यूआरकोर्ड उद्घाटन गर्दै २५ हजार जम्मा गर्नुभएको नेकपा एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाले आर्थिक सहयोग संकलनका लागि रसिद प्याड छाप्ने काम भइसकेको बताउनुभयो । त्यस्तै उहाले महाधिवेशनका लागि क्यालेन्डर नै बनाएर आवश्यक तयारी भइरहेको उल्लेख गर्नुभयो ।

श्रेष्ठले असारको १ गतेभित्र सवै महाधिवेशन प्रतिनिधि चयन भइसक्ने जानकारी दिनुभयो । बैठकमा अध्यक्ष नेपालले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको थियो । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्मका लागि निर्धारण गरिएको छ ।

प्रतिक्रिया