काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने

admin

काठमाडौँ । काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा सिप मेला आयोजना गर्ने भएको छ ।

महानगरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै महानगरले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न आयोजना गर्न लागिएको जनाएको हो ।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासंग सम्बन्धीत निशुल्क तालिम उपलव्ध गराउने उदेश्यका साथ सिप मेलाको आयोजना गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ ।

जसमा २९ प्रकारका पेशागत तालिम हुने उहाले बताउनुभयो । डंगोलले रोजगारीमार्फत नै काठमाडौंको समृद्धि हासिल गर्न सकिने भएकाले महानगरले रोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।

तालिमको अन्तिम दिन रोजगार मेला आयोजना हुने र सम्बन्धीत रोजगारदाताको स्टलमा गएर आफ्नो दक्षताका आधारमा रोजगार पाउन सकिने महानगरले जनाएको छ ।

प्रतिक्रिया