घट्यो डिजेल र मट्टितेलको मूल्य

admin

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो ।

भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर तथा हवाइ इन्धनको भाउ बढेर आएपछि निगमले मूल्य समायोजन गरेको बताइएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलको भाउ प्रतिलिटर २ रूपैयाँले घटाइएको छ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति एकहजार लिटर ७ अमेरिकी डलरले बढेको छ ।

अब डिजल र मट्टीतेलको मूल्य काठमाडौंमा प्रतिलिटर १५९ रूपैयाँ पर्नेछ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १३७ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ १.०४२ डलर पर्नेछ ।

प्रतिक्रिया