काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था नरहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लािग वित्त नीति बिषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताउनुभएको हो ।
उहाले बिभिन्न तथ्याङ्कहरुको आधारमा गतबर्षभन्दा सुधार देखिएको जिकिर गर्नुभयो । आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस बर्ष साढे चार प्रतिशत भन्दा माथि आर्थिक बृद्धि हुने मन्त्रालयको अनुमान रहेको उहाले बताउनुभयो ।
मन्त्री पुनले जलविधुत लगाएतका क्षेत्रमा केहि राम्रो देखिएपनि निर्माण क्षेत्रमा भने केहि समस्या देखिएको धारणा राख्नुभयो ।
किसानहरुलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताउनुभयो । आगामी नीति कार्यक्रम, बजेट र मौद्रीक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उहाको भनाइ छ ।