आज बसेको मन्त्रिपरिषद बैठकले केके गर्यो निर्णय ?

admin

काठमाडौँ । सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २८ गते दिउँसो २ बजे संघीय दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान समेत गरिसक्नुभएको छ ।

बैठकले वैशाख २३ गतेबाट हुने जापानका परराष्ट्रमन्त्री योको कामिकावाको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले समस्याग्रस्त सहकारी वा संघको व्यवस्थापन समिति गठन गरिएको र समितिमा अध्यक्ष पदमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

बैठकले देशभरको डडेलो नियन्त्रणका लागि सवै शक्ति परिचालन गर्ने र शुक्रबार गृहमन्त्रालयमा बैठक बसेर आवश्यक राहत सहयोगको बारेमा निर्णय गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया