कस्तो रहला आज देशभरको मौसम ?

admin

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान माहाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ ।

यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया