राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक : प्रकाशशरण महत

admin

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राजनीतिक अस्थीरता नेपालको बिकासका लागि घातक रहेको बताउनुभएको छ ।

शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थीरता नभएको भन्दै जसले अस्थीरता निम्ताएको भएपनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताउनुभएको हो ।

उहाले निरन्तर अस्थीरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृद्धिलाई निष्तेज बनाउनुपर्ने धारणा राख्नुभयो । अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुङ्गीने उहाले बताउनुभयो ।

उहाले चाडै बिकास र स्थीरताप्रति सर्मथित सरकार आउने दावी गर्नुभयो महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राख्नुभयो । उहाले मुलुकमा राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया