विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको हो : राजेन्द्र लिङ्देन

admin

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दवाव प्रभावका कारण मुलुकको सत्ता समिकरण परिवर्तन भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रीक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले नेपालका राजनीतिक दलहरु विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउदै सत्ता समिकरण परिवर्तन पनि बिदेशीको दवाव र प्रभावका कारण भएको बताउनुभएको हो ।

अहिले दलहरुको प्राथमिकतामा सत्ता मात्रै रहेको उहाले बताउनुभयो । लिङ्देनले चूनावमा गठबन्धन गर्ने बिषयमा पनि विदेशीको दवाव आउने गरेको धारणा राख्नुभयो ।

मिलिजुली बाँकी रहेको देश लुट्ने र लुटको कारवाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उहाले यस अवस्थालाई देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो । उहाले राजनीति गर्नेमान्छेहरु आर्थिक रुपमा इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया