कांग्रेसले सरकार परिवर्तन नभइ मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्छ : अर्जुन नरसिंह केसी

admin

काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि भन्दा पनि मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले निर्वाचन प्रणाली सुधार लगायतका विषयहरुमा प्रमुख राजनैतिक दलहरु एक ठाँउमा उभिएर संविधान संसोधन गर्नुपर्ने समेत बताउनुभयो । नेता केसीले कांग्रेस अस्थिरताको कारक बन्न नहुने धारणा राख्नुभयो । मुलुकमा देखिएको राजनैतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक भएको उहाको भनाइ छ ।

केसीले सरकारले नेपालको चुच्चे नक्सा नोटमा राख्ने गरेको निर्र्णाशासन सत्ता संचालनमा देखिएको त्रुटी लुकाउन मात्र ल्याइएको आरोप लगाउनुभयो । चुच्चे नक्साको बिषय कुटनैतिक रुपमा समाधान गर्न उहाले सरकारलाइ सुझाव दिनुभयो ।

प्रतिक्रिया