ममाथि संसदीय समिति बनाउनुपर्ने आधार छैन : गृहमन्त्री लामिछाने

admin

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कुनै आधार नै नरहेको बताउनुभएको छ ।

मंगलबार सभामुख देवराज घिमिरले बोलाउनुभएको दलहरुको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सहकारी प्रकरणमा आफुमाथि लागेको आरोप मिडिया र सदनमा मात्रै सुनेको तर कहि कतै आरोपको आधार नभेटको भन्दै प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको बताउनुभयो ।

अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरेको मान्छे सदनमा आउने तर कुनै अभियोजन, उजुरी नै नपरेको मान्छेको नाममा समिति बनाउनुपर्ने संसदीय नजिर सहि नभएको उहाले बताउनुभयो । उहाले सहकारी समस्या समाधान गर्न प्रतिवद्ध रहेको र दु्रतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताउनुभयो ।

सहकारी ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उहाँले बताउनुभयो । लामिछानले सदनमा आफुलाई कुरा राख्न दिनुपर्ने र त्यसमा चित्त नबुझे छलफल गर्न सक्ने धेरै ठाँउ रहेको धारणा राख्नुभयो ।

उहाले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई पत्र समेत बुझाउनुभएको छ । आफुलई सदनमा बोल्न रोकेर प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उहाको भनाइ छ ।

प्रतिक्रिया