एनसेलको ‘सधैँ अन’ योजना सार्वजनीक,यस्ता छन् विशेषता

admin

काठमाडौं, २ जेठ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले बिभिन्न योजना सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एनसेलले फाइभजी भिजनमा आधारित एनसेल सधैँ अन योजना सार्वजनिक गरेको हो ।

योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’का लागि तयार पार्नु रहेको एनसेलले जनाएको छ ।

फाइभजीको केवल द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ ।

‘सधैँ अन’ योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ वटा विभिन्न योजना सञ्चालनमा ल्याएको छ ।

“सात दिनको समयसिमा रहेको रु ९८ बाट सुरु हुने योजनादेखि २८ दिन समयावधि रहेको रु १४९९ पर्नेसम्मको विभिन्न योजना छन् । ‘सधैँ अन’ योजना लिने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्का डेटा पनि प्राप्त गर्ने एनसेलले जनाएको छ ।

प्रतिक्रिया