काठमाडौं, ५ जेठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगि रोक्नुपर्ने बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले मुलुकमा रेमिट्यान्स आवश्यक रहेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा हुने ठगिलाई रोक्नुपर्ने बताउनुभएको हो ।
एशोसिएशनले ठगि कार्य रोक्न मुख्य भूमिका निर्वाह गनुपर्ने उहाले बताउनुभयो । वैदेशिक रोजगार क्षेत्रमा महत्वपूर्ण योगदान गर्न पनि उहाले आग्रह गर्नुभयो ।
त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसंगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताउनुभयो ।
प्रधानमन्त्री बन्ने होडवाजीले मुलुकमा राजनीतिक अस्थीरता देखिएको उहाले बताउनुभयो । कोइरालाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसले नरोकेको भन्दै गृहमन्त्रीले बोलेपछि कांग्रेसले बोल्न पाउनपर्छ भन्दा सत्तापक्षलाई स्वीकार्य नभएको धारणा राख्नुभयो ।
संविधानमा उल्लेख निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउने अवस्था नदेखिएकाले प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने भएपनि त्यसका लागि पनि दुई तिहाई आवश्यक रहको जिकिर गर्नुभयो ।