सिप सिकाउन सके विदेश जाने लहर रोक्न सकिन्छ : मन्त्री अर्याल

admin

काठमाडौँ । श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरले आयोजना गरेको सिप मेला उदाहरणीय काम भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा महानगरले आयोजना गरेको सिप मेलाको अवलोकन गर्दै मन्त्री अर्यालले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि आयोजना गरिएको मेला उदाहरणीय काम भएको बताउनुभएको हो ।

उहाले देशभरका सवै पालीकामा स्थानीय आवश्यकता अनुसार सिप सिकाउन सके विदेश जाने लहर रोक्न सकिने धारणा राख्नुभयो । यस्ता सिप मेलाले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहजरुपमा पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाले सरकारले आयोजना गर्न लागेको श्रमाधान रोजगार मेलाले रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्थाको पुलको काम गर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै सदनका साथै सडक संघर्ष गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनका साथै पिडितहरुको बचत फिर्ता गर्न दवाव दिनका लागि सदनका साथै सडकबाट संघर्ष गर्ने निर्णय गरेको हो । पहिलो चरणमा काठमाडौं उपत्यकामा व्यापक प्रदर्शन गर्ने र त्यसपछि क्रमश प्रदेशमा प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिनुभयो ।

प्रदर्शनका लागि नेविसंघ, तरुण दल, महिला संघलगायतका संगठनलाई सडकमा उतार्ने तयारी कांग्रेसले गरेको छ । संग्रौलाले वर्तमान सरकार अलोकतान्त्रीक र असंवैधानिक बाटोमा हिडिरहेको आरोप लगाउनुभयो ।

त्यस्तै बैठकले संसदमा गृहमन्त्रीको अभिव्यक्ति अमर्यादित र बदनियतपूर्ण भएको भन्दै आपत्ति जनाएको संग्रौलाले जानकारी दिनुभयो । त्यस्तै कैलाश सिरोहियालाई पक्राउ गर्ने कदम लोकतन्त्रमाथिको हमला भएको भन्दै भत्र्सना गरिएको उहाले बताउनुभयो । त्यस्तै कांग्रेसले गिरिबन्धुको जग्गा प्रकरणको विषयलाई पनि शसक्त रुपमा अघि उठाउने संग्रौलाले बताउनुभयो ।

प्रतिक्रिया