तेन्जिङ भोटिया बने भोटिया समुदायबाट राष्ट्रिय राजनैतिक दलको पहिलो केन्द्रीय सदस्य

admin

 


काठमाडौं । गत निर्वाचनमा सङ्खुवासभा जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका युवा व्यवसायी शिक्षासेवी तथा समाजसेवी तेन्जिङ भोटिया राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएको छ ।

सङ्खुवासभा जिल्ला भोटखोला गाउपालिका बाट कुनै पनि राष्ट्रिय दलमा केन्द्रीय सदस्य बन्ने शिङ्सा, ल्होमी, भोटे वा भोटियाको पहिलो व्यक्ति बन्न सफल तेन्जिङ भोटिया गायक मोडल , कलाकार र म्युजिक भिडियो निर्देशक समेत हुन ।

गत लकडाउनको बेला “द तेन्जिङ्स शो” चलाएर राष्ट्रीय कलाकार समाजसेवी एवम विग्यहरुको अन्तरवार्ता समेत लिई सकेको तेन्जिङ एक प्रखर वाक्ता समेत हुन ।

सङ्खुवासभा जिल्लाबाट राप्रापामा केन्द्रीय सदस्यको रुपमा तेन्जिङको आगमन संगै अब एमाले र कांग्रेसको विकल्प खोजी रहेको सङ्खुवासभाबासिहरुको लागि आगामी ८४ को निर्वाचनमा राम्रो विकल्प बनेको छ ।

प्रतिक्रिया