अब काठमाण्डाै महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

admin

काठमाडौँ । आउँदो १५ दिनपछि काठमाण्डाै महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूमा पैसा नलाग्ने भएको छ । अहिले काठमाण्डाै महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका छन् ।

निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ ।

शुल्क लिइरहेका शौचालयका सञ्चालकहरूले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न भन्दै महानगरले सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोगबापत शुल्क लिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताएको छ।

प्रतिक्रिया