अशान्ती र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव छैन : पूर्वराष्ट्रपति भण्डारी

admin

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अशान्ती र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव नभएको बताउनुभएको छ ।

जहरसिंह पौवा सामुदायिक वन उपभोक्ता समूह र मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंको शंकरापुर–३ जरसिंह पौवामा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा बोल्दै भण्डारीले अहिले मुलुकका नागरिकहरु धेरै सचेत भइसकेको भन्दै अशान्ती र हिंसाको बाटोबाट सत्ता प्राप्त गर्न सम्भव नभएको बताउनुभएको हो ।

जनआन्दोलन र सशस्त्र द्वन्द्वमा निकै फरक रहेको उहाले बताउनुभयो । उहाले हिजो कम्युनिष्टहरुलाई आलोचना गर्दा सर्वसत्तावादी वा सशस्त्र संघर्षबाट मात्रै सत्ता जन्मिन्छ भन्ने अवस्थाको आज धेरै बिकल्प आइसकेको धारणा राख्नुभयो । जनमतबाट मात्रै सत्ता जन्मिने भएकाले जनतालाई विश्वास गर्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै उहालेवनको दिगो विकासको अवधारणामा जानुपर्ने र बृक्षारोपण गरेपछि संरक्षणमा ध्यान दिन सुझाव दिनुभयो ।

वन क्षेत्रको विकासका साथै वातावरणलाई सन्तुलनमा राख्न बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको जहरसिंह पौवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष फुर्वा लामाले बताउनुभयो । सो अवसरमा बिभिन्न जातका करिव डेड सय विरुवा रोपिएको थियो ।

प्रतिक्रिया