मुलुकलाई स्थायित्व दिनको लागि कांग्रेस र एमाले मिलेर सरकार: आनन्द पोखरेल

admin

काठमाडौँ । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले मुलुकलाई स्थायित्व दिनको लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको बताउनुभएको छ ।

शनिबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गर्दै मुलुकलाई स्थायित्व दिनको लागि ठूला दल मिलेर सरकार बनाउन लागेको बताउनुभएको हो ।

दुई दलबीच भएको सहमति शुक्रबारबाटै कार्यान्वयन सुरु भैसकेकोले अब बाँकी सहमतिका बुँदाहरु पनि विस्तारै कार्यान्वयन हुने बताउनुभयो ।

कांग्रेस र एमालेबीच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने उहाले बताउनुभयो ।

यस्तै उहाले आफूहरुले कांग्रेस र माओवादीको गठबन्धन तोड्नको लागि नीति नै बनाएको र त्यसमा दुई पटक सफल भएको जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया