त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

admin

चितवन। नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएका छन् ।

बस र यात्रुको खोजिको लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए । सशस्त्र प्रहरी बलका बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरीनटारका सुरक्षाकर्मी र भारत बाट आएका टोलीले सयुक्त रुपमा घटना स्थाल सिमलताल देखि केराबारी देबघाट शिबघाट सम्म खोजी गरेका थिए ।

भारतिय टोली ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाले खोजीको क्रममा २ वटा पोईन्टमा भारतीय टोलीले शंका गरेको र अव सो स्थानहरुमा नेपालका सुरक्षाकर्मीहरुले खोजी कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

उहाले हाल सम्म २४ शब फेला परेकोमा १९ वटा शबको मात्र सनाखत भएको ५ वटा शबको सनाखत हुन नसकेको जानकारी दिनुभयो । अझै ४३ जना यात्रु हराईरहेको उहाले बताउनुभयो । काठमाण्डौ बाट गौर र बीरगन्ज वाट काठमाण्डौ तर्फ जादै गरेको बस सिमलतालमा पहिरोले बगाउदा त्रिशुली नदीमा हराएको थियो ।

प्रतिक्रिया