निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार धरौटीमा छुटे

admin

काठमाडौँ । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा हुनुभएको छ ।

आइतबार बिशेष अदालतमा बयानका लागि हाजिर हुनुभएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो । त्यसपछि उहा धरौटी बुझाएर रिहा हुनुभएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो । आइतबार दिनभर भएको बयानपछि थुनछेक आदेश भएको उहाले बताउनुभयो । उहाले उक्त प्रकरणमा ७ जना अदालत उपस्थीत भइसकेको र ५ जना उपस्थीत हुन बाँकी रहेको जानकारी दिनुभयो ।

अन्तःशुल्क स्टिकर छपाइ प्रकरण तत्कालीन मुख्यसचिवसहित १२ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ ।

प्रतिक्रिया