तस्विरमा हेर्नुहोस् पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ

admin

काठमाडौँ । ‘श्री मानव सेवा फाउण्डेसन नेपाल’ले पशुपतिक्षेत्र, (वनकाली) हंस मण्डपमा श्रावण १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१ सुरु भइरहेको छ।

ज्ञान महायज्ञमा प्रसिद्ध कथा वाचिका राधिका दासीले संगीतमय शिव महापुराण कथा वाचन, देवी प्रतिभा जीले संगीतमय श्रीमद्भागवत कथा वाचन, दीनवन्धु पोखरेलले संगीतमय श्रीमद्भागवत कथा वाचन, डा. कान्ता भट्टराईले संगीतमय श्रीमद् देवीभागवत कथा वाचन र देवी चन्द्रकला सखीले संगीतमय राम कथा वाचन तथा साधु, सन्त, महन्तसँगसँगै अन्य कथा वाचकरवाचिकाको आगमनसहित ॐ आशीर्वचन कार्यक्रम भइरहेको छ।

कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो।

काठमाडौँको कलंकीमा रहेको श्री मानव सेवा फाउण्डेसनले एक महिने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ आयोजना गरेको हो।

हेर्नुहोस् श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१ का केहि तस्विर :

 

तस्विर : मच्छे नारायण श्रेष्ठ

प्रतिक्रिया