पोखरा । पोखरा महानगरपालिका-२१ छरछरेमा सोमबार स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकी आरती विकका ६ वर्षिय छोरा प्रिन्स विकको पनि मृत्यु भएको छ । विद्यालयको यूकेजीमा अध्ययनरत प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो
विद्यार्थी लिएर फर्कंदै गरेको पोखरा-१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी समेत ३५ वर्षीया आरती विकको मृत्यु र २९ जना घाइते भएका छन् ।
बसमा चालक, २८ विद्यार्थी र एक कर्मचारी सवार थिए । रामदीबाट विरौटा फर्कने क्रममा बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो ।