पशुपति कोटिहोम महायज्ञमा विश्व प्रसिद्ध कथा वाचक अनिरुद्धाचार्य जी महाराज आउदै

admin

काठमाडौँ । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन ।अनिरुद्धाचार्य जी महाराज  भोलि शनिबार आउने छन् ।

श्रीमद् भागवत कथा प्रवचनको माध्यमबाट चिरपरिति कथा वाचक सनिवार मानव सेवा फाउण्डेसनले आयोजना गरेको एक महिने पशुपति कोटिहोम महायज्ञमा सहभागि हुने भएका छन ।

वाचक अनिरुद्धाचार्य जी महाराजले पशुपतिनाथ मन्दिरको दर्शन सँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन । महाराजको स–परिवार सहित नेपाल आउने र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन । उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता रहने गर्दछ ।

सामाजिक कार्य तथा गाईको रक्षा र हिन्दु धर्मको रक्षाको लागि सधै खुलेर बोल्ने महाराजका वाणिले भारत तथा अन्य देशका लाखौ व्यक्तिको जीवनमा पनि अमूल्य परिवर्तन गरेको पनि पाइएको छ । उनको मुखारविन्दबाट भागवत कथा प्रवचन कथा सुन्नको लागि धेरै ठाउमा भक्तजनहरु ५–६ घण्टा पहिले नै प्रतिक्षामा बस्ने गर्दछन ।

विश्व कै सबैभन्दा कान्छी भागवत वाचिका अनुराधा आइन पशुपति कोटिहोम महायज्ञमा भोलिबाट गर्दैछिन २ घण्टा कथा प्रवचन विश्वकै सबैभन्दा कान्छी भागवत कथा वाचिकाको रुपमा आफ्नो परिचय स्थापित गरेकी अनुराधा पाण्डेय पशुपति कोटिहोम महायज्ञमा आएकी छन ।

नेपालको इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा विधुषि वाचिका अनुराधाले अब दैनिक २ घण्टा कथा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । विधुषी अनुराधा पाण्डेले पशुपति कोटिहोम महायज्ञमा भोलिबाट सायनकालीक समयको ५ बजेदेखि ७ बजेसम्म कथा प्रवचन गर्ने समय तय भएको छ ।

नेपालको गुल्मि जिल्लामा जन्मिएर हाल वृन्दावनमा भागवत कथा अध्यनरत रहेकी विधुषी अनुराधाले बिहिबार पनि आशिवर्चन राखेकी छिन । सुमधुर स्वरमा आफ्नो प्रवचन राख्दा भक्तजनहरु आनन्दमय मुद्रामा श्रवण गरिरहेका थिए ।

आशिर्वचन राख्ने क्रममा नेपालमा आएर कथा प्रवचन गर्ने वातावरण मिलाइदिने आयोजक मानव सेवा फाउण्डेसन अनि अनि संकल्पकर्ता वालयोगेश्वर विजयकृष्णमूर्ती जी महाराजलाई धन्यवाद सँगै भोलि सबैलाई उपस्थितीको लागि पनि आग्रह गरेकी छन ।

प्रतिक्रिया