कुलमानको समर्थनमा युवाहरुको प्रदर्शन

admin

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरुले प्रदर्शन गरेका छन् ।

कुलमानका कारण मुलुकको विद्युत क्षेत्र बलियो भएको भन्दै उनको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ठूला उद्योगीहरुलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै नारावाजी गरेका थिए ।

बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुने भन्दै उनीहरुले आफुहरु कुलमानको साथमा रहेको जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले २२ अर्व विद्युत बक्यौता रकम असुल गर, विद्युत प्राधिकरणभित्रको चलखेल बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसअघि शनिबार कुलमानको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रिया