काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धि बेरुजु बक्यौंताको बिषयमा आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै एमाले सांसद समेत रहनुभएको पोखरेलले विद्युत् प्राधिकरणले व्यवसायीको मिलेमतोमा १६ अर्ब तलमाथि गरेको र उक्त प्रकरणमा छानविन गर्न खोज्दा आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताउनुभएको हो । तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले व्यापारीलाई १६ अर्ब विद्युतको पैसा छुट दिएको उहाले बताउनुभयो ।
उहाले महालेखाको प्रतिवेदनले नै २१ अर्ब उठाउन सुझाव दिएको अवस्थामा कसरी ८ अर्बको बिल भयो भनेर खोजी गरेको र व्यवसायीहरुसंग पनि छलफल गरेको जिकिर गर्नुभयो ।
उद्योगीलाई १६अर्ब रकम छुट दिने प्रचण्ड सरकार क्रान्तिकारी र २२ अर्ब उठाउनुपर्छ भन्ने आफुलाई दोषीजस्तै गरि देखाइएको उहाले गुनासो गर्नुभयो ।
पोखरेलले आफुसंग सवै प्रमाण सुरक्षित गरेको भन्दै आफ्नो भनाइलाई कसैले असत्य प्रमाणीत गरे टुँडिखेलमा झुण्डिन तयार रहेको जिकिर गर्नुभयो ।