काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन पूर्वराजाले खेलको भूमिकालाई नविर्सन सुझाव दिनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र सम्झौताको एउटा पक्ष पूर्वराजाहरु भएकाले उनीहरुको भूमिकालाई बिर्सन नहुने बताउनुभएको हो ।
शान्ति प्रक्रियामा सहयोग पु¥याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै उहाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराएसंगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहरिन दिन नहुने धारणा राख्नुभयो । हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापीत गर्नुपर्ने भन्दै उहाले सवै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने बताउनुभयो । अहिले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकलाई समर्थन गरेपनि यसका प्रक्रियालाई नियालिरहने उहाले बताउनुभयो ।