काठमाडौं, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसंगसम्बन्धी बाँकी कामलाइ राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिदै लामिछानले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरु लामो समय अल्झिएको भन्दै अव भने यसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गर्नुभएको हो ।
उहाले न्याय दिने संरचनालाई बलियो बनाउदै पिडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पिडितले न्याय पाउन नसक्ने उहाले बताउनुभयो । उहाले अन्तराष्ट्रिय जगतले प्रश्न गर्न नसक्ने गरि संक्रमणकालीन न्यायसंगसम्बन्धी कामलाई निष्कर्षमा पुराउनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाले ठूला दल एक ठाँउ आएर सरकार बनाउने परिस्थीति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर गर्नुभयो । उहाले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रणालीहरुलाई नभत्काउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले लोकतान्त्रीक प्रणालीमा भइरहेको प्रहारका कारण नयाँ दलहरु स्थापीत हुने अवस्था आएको समेत बताउनुभयो । उहाले टीआरसीलाई रास्वपाले नजिकबाट हेरिरहेको भन्दै प्रणालीका नाममा यसलाई भत्काउने काम भए पिडितहरुका लागि दुर्भाग्य हुने बताउनुभयो ।