सरुवा/बढुवाका लागि मन्त्री र नेताहरुलाई नभेट्नुस्ः अर्थमन्त्री पौडेल

admin

काठमाडौं, ३० साउन । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिमको समापन समारोहलाई पौडेलले सवै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।

उहाले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । पौडेलले आफुलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणीत गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिनुभयो ।

निजामति कर्मचारीहरुले काम गर्दा कानूनसंग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उहाले बताउनुभयो । पौडलले सरुवा बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरुको भनसुनबाट मुक्त हुनपनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया