मुलुकमा दुई दलीय व्यवस्था ल्याउन दिदैनौँ : माधवकुमार नेपाल

admin

काठमाडौं, ३० साउन । नेकपा (एकीकत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई दलीय व्यवस्था ल्याउन नदिने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभामा बोल्दै उहाले सवै मिलेर बहुदलीय व्यवस्था ल्याएको भन्दै दुई दलीय व्यवस्था ल्याउन नदिने बताउनुभएको हो । उहाले एमाले–कांग्रेसबीच मध्यरातमा भएको सहमतिप्रति पनि आशंका व्यक्त गर्नुभयो । कुरा एउटा , काम अर्को गर्दा देश र जनताले दुख पाएको भन्दै अव त्यस्तो अवस्थामा आउन दिन नहुने उहाले बताउनुभयो ।

त्यस्तै नेपालले अव शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ढिलाई गर्न नहुने बताउनुभयो । शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने उहाले बताउनुभयो ।

विश्वास व्यक्त गर्नुभएको छ ।पीडितका समस्यालाई ध्यान दिँदै सिङ्गो शान्ति प्रक्रियालाई सम्पन्न गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले यसलाई पूर्णता दिन सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

त्यस्तै उहाले सङ्क्रमणकालीन न्यायसँग जोडिएका कामलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेकाले त्यसका लागि आफ्नो पार्टी पूर्णप्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया