कांग्रेस–एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षडयन्त्र गरिरहेका छन् : झक्कुप्रसाद सुवेदी

admin

काठमाडौँ । राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस–एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

बिहीबार राष्ट्रियसभाको बिषेश समयमा बोल्दै सुवेदीले संविधान संशोधनमार्फत १० प्रतिशत थ्रेस होल्ड राखेर अरु पार्टी सिद्धाउने षडयन्त्र भइरहेको बताउनुभएको हो ।

उहाले लामो संघर्षपछि मुलुममा अधिकारप्राप्त संविधान बनेको भन्दै यसलाई मास्ने काम स्वीकार्य नहुने जिकिर गर्नुभयो । जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका साथै पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन गर्न उहाले सुझाव दिनुभयो ।

सुवेदीले लामो प्रजातान्त्रीक इतिहास बोकेको पार्टी कांग्रेस नै दुई दलीय प्रणालीमा विश्वास गर्ने अवस्था आउनु उचित नभएको धारणा राख्नुभयो । दुई दलीय प्रणालीबाट देशलाई कव्जा गर्न खोजे वंगलादेशको जस्तो अवस्था आउन सक्ने उहाले बताउनुभयो ।

त्यस्तै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले मुलुकको बिभिन्न आन्दोलनमा कांग्रसले खेलेको भूमिकालाई अवमूल्यन नगर्न आग्रह गर्नुभयो । कांग्रेसका कारण मुलुक अहिलेको अवस्थामा आएको र सवैले बोल्न सक्ने अवस्था सिर्जना भएको उहाले बताउनुभयो ।

उहाले प्रजातन्त्रबादी दललाई कसैले अर्तिउपदेश दिन जरुरी नरहेको जिकिर गर्नुभयो । त्यस्तै दत्तले कांग्रेस र माओवादीले संयुक्त मत मागेर परिणाम आएपनि जनतालाई बेइमानी कसले गर्यो भन्ने स्पष्ट रहेको बताउनुभयो ।

प्रतिक्रिया