काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थीत्व रक्षाको लडाईको साना खुद्रा खेलमा अल्मलिने पार्टी एमाले नभएको बताउनुभएको छ ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरि तयारी गर्नुपर्ने भन्दै अस्थीत्व रक्षाको लडाइको साना खेलमा अल्झन नहुने बताउनुभएको हो ।
उहाले जस्तोसुकै चूनौतिको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, शसक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राख्नुभयो ।
उहाले आफु नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पार्नुभयो । अरु दलहरु मोर्चाको खोजीमा रहेपनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उहाको भनाइ छ ।
कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरु मन्जु शर्मा चालिसे र कुन्दन कुसवाहालाई सपथ ग्रहण गराउनुभएको थियो ।