संविधान संशोधनका विषयमा खुला बहस हुनुपर्छ : माधव नेपाल

admin

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनका बिषयमा खुला बहस हुनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि खुला बहस हुनुपर्ने बताउनुभएको हो ।

संविधानका कमीकमजोरीका बारेमा छलफल हुनसक्ने भन्दै उहाले मध्यरातमा हस्ताक्षर गर्ने कुराले भने नियतमाथि शंका गर्नुपर्ने स्वभाविक हुने धारणा राख्नुभयो ।

अध्यक्ष नेपालले अहिलेको अवस्थामा आफुबाट भएका कमी कमजोरीहरुलाई दलका नेताहरुले स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाले बहुदलीय प्रतिष्पर्धा सहितको समाजवादबाटै मुलुकको बिकास र समृद्ध सम्भव रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले राजनीतिमा निष्ठा र नैतिकताका साथै स्वच्छताको पनि आवश्यता रहेको धारणा राख्नुभयो । नैतिक आचरणले स्वच्छता नपाएसम्म देश र जनताप्रति समर्पित हुन नसक्ने उहाको भनाइ छ ।

प्रतिक्रिया