काठमाडौं । भृकुटीमण्डपमा नाडा अटो शोको १६ औं संस्करण जारी छ। अटो शोमा चार पांग्रे विद्युतीय गाडीको वर्चश्व रहेको छ। यसबीच दुई पांग्रे सवारीतिर पनि मानिसहरुको नजर छ।
दुई पांग्रे सवारीमा भने धेरैको आकर्षण इन्धनको मोटरसाइकलमा नै रहेको छ।
इभी स्कुटरहरु पनि अटो शोमा राखिएको छ। विभिन्न कम्पनीले नयाँ मोटरसाइकलहरु सार्वजनिक गरेका छन्। हिरो, बजाज, रोयल इन्फिल्ड, सीएफ मोटो, ट्रम्फ लगायतका बाइकहरु अटो शोका आकर्षण बनेको छ। नाडा अटो शो सेप्टेम्बर १ सम्म आयोजना हुनेछ।
तस्विर : मच्छे नारायण श्रेष्ठ/ पिएनपि खबर डट कम