यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

admin

काठमाडौँ ।सरकारले चित्रलेखा यादवलाई अष्टे«लियाका लागि आवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले चित्रलेखा यादवलाई अष्टे«लियाका लागि आवासीय राजदूत र फिजी, न्यूजिल्याण्ड, पपुआ न्यूगिनी, भानाआटु, टुभालु, सोलोमन, आइल्याण्ड, सामोला, नाउरु, आइसल्याण्डको गैर आवासीय राजदूत पदमा समेत चार बर्षका लागि नियुक्तीका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

गुरुङले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५–१५ हजार मेट्रिक टन गरि कूल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय भएको बताउनुभयो । बैठकले अर्थमन्त्रालय र मातहत कार्यालयहरुको संगठन तथा व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने भूउपयोग दोश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताउनुभयो । .

त्यस्तै बैठकले राष्ट्रिय युवा परिषद्मा १५ जना र फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण बिकास समितिमा चार राजपत्राङ्कीत पदहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु: 

प्रतिक्रिया