काठमाडौं ।अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित भएको छ।
न्यूयोर्क कमिटिका संयोजक शान्ति गुरुङ र केन्द्रिय सदस्य मोहन जंग थापाको नेतृत्वमा कार्यक्रम सभा बाहिर जुताको माला, कालो झण्डा र विभिन्न नाराका ब्यानर लिएर बिरोध प्रर्दशन गर्ने भए पछि प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले सम्बोधन गर्ने गरि आइतबार साँझा ५ :३० बजे तय गरिएको कार्यकम रद्द भएको छ ।
नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो। नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलता र साइडलाइन वार्ताको व्यस्थताका कारण स्वागवत कार्यक्रम स्थगन गर्नुपरेको जनाएको छ।
प्रधानमन्त्री ओलीको स्वागतमा राखिएको कार्यक्रममा नेपाली समुदायले गैर आवासीय नागरिकता प्रभावकारी नभएकोले पुरानै नागरिकताको निरन्तरता र ड्यालस तथा क्यालिफोर्नियामा कन्सुलेट कार्यालय स्थापनाको लागि आवाज उठाउने तय भएको थियो। त्यसका लागि क्यालिफोर्निया, टेक्सासबाट नेपाली समुदायका अगुवाहरू न्यूयोर्क पुगेका थिए।
प्रधानमन्त्रीको कार्यक्रम नहुनुलाई नेपालमा पछिल्लो समयमा उत्पन्न घटनाक्रमसँग पनि केहीले जोडेर हेरेका छन्। विशेषगरी पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा परेको र अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिने तयारी भैरहेको छ।